आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ विश्व दूध दिवस २०७९ मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धाश्रमका वृद्धवृद्धालाई दुग्धपान कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालले सन् २०११ देखि विश्व दूध दिवस मनाउन सुरु गरेको हो । सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशुसेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योगलगायतका सरोकारवाला निकायले विश्व दूध दिवस मनाउने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।

बुधबार ललितपुरमा विश्व दुग्ध दिवसका अवसरमा औचारिक कार्यक्रम हुने बोर्डका निर्देशक डा. बालक चौधरीले जानकारी दिनुभएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा आयात २०.९७५ प्रतिशतले बढेको छ ।

डेरी एसोसिएसनद्वारा वक्तृत्वकला
दूध दिवसका अवसरमा नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता र दूधपान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम मनाल्सु वर्ड कलेज, प्राक्सिस इन्टरनेसनल एकेडेमीमा आयोजना गरिएको एसोसिएसनका महासचिव तथा कार्यक्रम संयोजक प्रहृलाद दाहालले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा २४ स्कुलको सहभागिता रहेकोमा युनिभर्सल उच्च माध्यमिक विद्यालयकी छात्रा प्रेरणा बोहरा प्रथम, आस्था विद्या मन्दिर विद्यालयकी छात्रा अस्मिता राई द्वितीय, गोल्डेन गार्डेन एकेडेमीकी छात्रा प्रतिभा दनुवार तृतीय र बाल विकास बोर्डिङ स्कुलका छात्र विरध्वज एडीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको संयोजक दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेको सभापतित्व एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवको उपस्थितिमा भएको थियो । सो अवसरमा एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा, एन प्याब्सनका उपाध्यक्ष प्रबोध प्रभाकर रिजाललगायत विभिन्न विद्यालयका प्रिन्सिपल र विद्यार्थीको उपस्थिति रहेको थियो भने कार्यक्रममा सहभागी करिब पाँच सयजनालाई खिर र दूधपान गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?