बेपत्ता बालक खोजिदिन आमाबुबाको अपिल

Read Time = 2 mins

-सत्यराज सिंह

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशका नौ वर्षीय बालक चार दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका–१ कैलाशका मदेश शाहीका माइला छोरा धरेन्द्र शाही हुनुहुन्छ ।

जयपृथ्वी नगरपालिका–१ कैलाशको नजिकै पर्ने मष्टा गाउँपालिका–१ मा पर्ने घोणकोटको जंगलबाट गत शनिबार उहाँ बेपत्ता हुनुभएको थियो ।

बेताल सामुदायिक प्राथमिक विद्यालयमा अध्ययनरत धरेन्द्र आफ्ना ठूला बुबा शेरबहादुर शाहीसँग गोठालो गएको बुझिन आएको छ । धरेन्द्रका ठूला बुबा भैंसी फर्काउन करिब २० मिनेट टाढा जानुभएका बेला एक्लै बस्नुभएका धरेन्द्र उहाँका ठुला बुबा त्यहाँ पुग्दासम्म त्यो ठाउँमा नभएको भन्ने बुझिन आएको उहाँकी फुपू विर्सना शाहीले जानकारी दिनुभयो ।

परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उहाँ हराएको उजुरी दिएका थिए । चार दिनसम्म धरेन्द्र घर नफर्किएपछि मंगलबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताउनुभयो ।

कहीँकतै कसैले भेट्टाएमा नजिकैको प्रहरी चौकीमा बुझाइदिन उहाँका बुबा मदेश शाहीले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?