काठमाडौं । स्थानीय तहको निर्वाचनपछि वाणिज्य बैंकहरूमा निक्षेप थपिनेक्रम बढेको छ । वाणिज्य बैंकहरूमा जेठ महिना सुरु भएपछि कुल निक्षेप १३ अर्बले बढेको छ भने कर्जा लगानी सात अर्बले बढेको छ । नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार जेठ १३ गतेसम्म कुल निक्षेप छ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब पुगेको छ ।
अघिल्लो जेठ ६ गतेसम्म कुल निक्षेप बढेर ४३ खर्ब ७७ अर्ब पुगेको थियो । वैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । त्यसैगरी जेठ १३ गतेसम्म कुल कर्जा लगानी चार अर्ब बढेर ४१ खर्ब ९८ अर्ब पुगेको छ । जेठ ६ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९४ अर्ब थियो भने वैशाखसम्म कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र