जावाको नयाँ बाइक

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा फोर्टी-टु परिवारमा एक नयाँ सदस्य थपेको छ । अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस हृवाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइपको अनावरण गायक सुशान्त केसीले मंगलबार जावा शोरुम उत्तरढोकामा गर्नुभएको थियो ।

कम्पनीका अनुसार स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजन गरिएका छन्, जसमध्ये २९३ सिसी बिएस-सिक्स लिक्विड कुल्ड, फ्युल-इन्जेक्टेड इन्जिनले हाल २७.३३ पिएस पावर र २७.०२ एनएम टर्क उत्पादन गर्छ ।

सात लाख ५८ हजार रुपैयाँ तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राइप जावा मोटरसाइकलप्रेमीले आफूलाई पायक पर्ने जावा मोटरसाइकलका विभिन्न शाखा र डिलरमार्फत् खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?