वाइवाइ ग्लोकल टिन हिरोको आवेदन खुला

Read Time = 2 mins

काठमाडौं । वाइवाइ ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणका लागि आवेदन खुलेको छ । ग्लोकल टिन हिरो सेप्टेम्बर १ मा हुने अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् घोषणा गरिने आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रूपान्तरणका कार्यलगायत विभिन्न क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोरकिशोरीले वेबसाइटमार्फत् निःशुल्क आवेदन भर्न सक्नेछन् ।

आयोजकका अनुसार पहिलो चरणमा कुल आवेदनलाई अन्तर्वार्ता र दस्तावेज समीक्षाका आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिनेछ । त्यसपछि उनीहरूको कामको सुरुवात र प्रभावका आधारमा उत्कृष्ट छ को छनोट हुनेछ र अन्तिम चरणमा छजनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनका लागि अन्तर्वार्ता हुनेछ र वाइवाइ ग्लोकल टिन हिरो नेपाल २०२२ को विजेता घोषणा गरिनेछ ।

वाइवाइ ग्लोकल टिन हिरो ग्लोकलको एक कार्यक्रम हो, जहाँ किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरूमाझ चिनाउने कार्य गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?