काठमाडौं । नेपाल टेलिकमको एपमा सेवाग्राहीका लागि अन्य उपयोगी सुविधा पनि थप गरिएको छ । नेपाल टेलिकम एपमार्फत् सेवाग्राहीका लागि पहिलेदेखि नै विभिन्न सुविधा प्रयोग गर्दै आएकोमा एफटिटिएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको हो ।
त्यसैगरी ‘नमस्ते पे’ मार्फत् रिचार्जसमेत गर्न सकिन्छ भने आफ्नो जानकारी (केवाइसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिनेछ ।
फाइबर टु द होम अर्थात् एफटिटिएच प्रयोगकर्ताले एपमार्फत् एफटिटिएचको सिपिई रिस्टार्ट गर्न, वाइफाइको एसएसआइडी परिवर्तन गर्न, डाटा खपत तथा बचतबारेमा जानकारी लिन र महसुल तिर्न सक्ने पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नमस्ते पे सेवा पहिलोपटक एपमा समावेश गरिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन