सांघाईमा हट्यो कोभिड प्रतिबन्ध

हिमालय टाइम्स
Read Time = 2 mins

बेइजिङ । दुई महिनाको तालाबन्दीपछि चीनको सहर सांघाईमा कोभिड प्रतिबन्ध हटाइएको छ । देशको आर्थिक तथा विश्वव्यापी व्यापार केन्द्र सांघाइमा बुधबारदेखि प्रतिबन्ध हटाइएको हो । प्रतिबन्ध हटेसँगै साढे २ करोड जनसंख्या भएको सहरका वासिन्दा स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिबन्ध खुकुलो पारिए पनि चीनको शून्य कोभिड नीति भने कायमै छ । कोभिड संक्रमणका केस घट्दै गएपछि सरकारले प्रतिबन्ध हटाएको हो । केही साताअघि सांघाई कोभिडको मुख्य हब बनेको थियो । दैनिक संक्रमितको संख्या बढेपछि सरकारले दुई महिनाअघि लकडाउन घोषणा गरेको थियो ।

कोभिडका कारण केही संक्रमितको मृत्यु हुन थालेपछि कोभिड नियन्त्रणबारे चिनियाँ सरकारको पहल र त्यहाँ विकसित खोपबारे पश्न उठ्न थालेको थियो । तर, सरकारले खोप नलगाएका बृद्धबद्धाको मृत्यु भएको दाबी गरेको थियो ।

लामो समयदेखि लागेको प्रतिबन्ध हटेसँगै सर्वसाधारण र व्यवसायीहरु खुसी भएका छन् । त्यस्तै, प्रतिबन्ध हटाएकोमा सांघाइ सरकारले पनि सन्तोष व्यक्त गरेको छ । ‘यो त्यो दिन हो जसलाई हामीले धेरै लामो समयदेखि सपना देखेका थियौं’, सांघाइ सरकारका प्रवक्ता यिन जिनले पत्रकारहरूलाई भने । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?