रिलिजअघि नै २०० करोड कमाउने भारतीय चलचित्र

Read Time = 1 min
A A- A+

एजेन्सी । दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किंदै हुनुहुन्छ । बलिउड चलचित्रमा पनि काम गरिसक्नु भएका उहाँको नयाँ चलचित्र ‘विक्रम’ जुन ३ मा रिलिज हुँदैछ । सो चलचित्रले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लोकेश कंगराजको निर्देशनमा बनेको चलचित्रले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाटै रिलिज अघि २०० करोड रुपैयाँ संकलन गरेको हो । एक्सन जनरामा निर्माण भएको चलचित्रमा कमलसँगै विजय सेतुपति, शिवानी नारायणलगायत कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?