कुलवीरको कथामा बन्यो चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

Read Time = 4 mins

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर चलचित्र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण गरिएको छ । इंग्ल्याण्ड र बेलायतमा सम्पूर्ण छायांकन भएको चलचित्रको यतिबेला लण्डनमा पोष्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिनुभयो । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बन्नुभएको थियो । तर, उहा बाँच्न सफल हुनुभयो । २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिनुभयो । यही घटनापछि उहालाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा यो चलचित्र बनेको हो ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खाहरूलाई श्रद्धाञ्जलिका लागि चलचित्र निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चलचित्रले गोर्खालीहरू जतिबहादुर छन् त्यति नै दयालु हृदयका पनि छन् भन्ने देखाएका छौं । विश्व युद्धमा घाइतीहरूलाई गोर्खा सैनिकले नै उद्दार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म-त्याग, करुणा र मित्रताको कथामा चलचित्र बनेको हो ।’

ADVERTISEMENT

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक शाही आफैंले लेख्नुभएको हो । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आउनुभएका उहाँले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसक्नुभएको छ ।

मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुनुहुन्छ । गोर्खालीको सत्य घटनामा आधारित यो चलचित्रमा जोडिन पाउनु सुन्दर पक्ष रहेको सुवेदीले बताउनुभयो । यो चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रूपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रविन श्रेष्ठको साउण्ड ट्रयाक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?