अभिनेत्री मिरुना र फुर्पाबीच मिलापत्र

Read Time = 3 mins

काठमाडौं । प्रदर्शनरत चलचित्र कबड्डी ४ मा अभिनय गर्नुभएकी अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच मिलापत्र भएको छ । जेठ १५ गते सिभिल हलमा आफूमाथि दुव्र्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेर प्रहरीको जिम्मा लगाउनुभएको थियो । दुई दिन हिरासतमा बिताएपछि मंगलबार छुट्नु भएका फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिरुनाले भाइ सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ ।

मिरुना र फुर्पाले संयुक्त रूपमा हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ, ‘कबड्डी ४ : द फाइनल म्याच’को दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु घर स्थायी भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी मिरुना मगरसँग माफी मागेको र मिरुनाले भाइ सम्झेर माफी दिएकी छन् ।’

मिरुनाले कुनै जाति, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदायमा पर्न गएको असरप्रति क्षमा याचना गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्पाले आगामी दिनमा यस विषयमा कुनै विवाद वा टीका-टिप्पणी नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बाँस्कोटाले हस्ताक्षर गर्नुभएको छ । यसैगरी फूर्पाको पक्षबाट खेन्पो कमल भण्डारी, मिंगयुर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गर्नुभएको छ ।

मिरुनाले फुर्पालाई सार्वजनिक ठाउँमा हातपात गरेको भन्दै मंगलबार बौद्ध धर्मालम्बीहरूले चावहिलमा मिरुना र ‘कबड्डी ४’ विरुद्ध प्रदर्शन गरेका थिए । मिरुनाले फुर्पासँग माफी नमागे फिल्म चल्न नदिने उनीहरूको चेतावनी थियो । उनीहरूले चलचित्रको पोष्टरसमेत जलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?