जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साविकका विजेता नोभाक जोकोभिचलाई ६-२ ,४-६,६-२,७-६ ७-४ को सेटमा पराजित गर्दै राफेल नाडाल १५ औं पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।

फ्रेन्च ओपनको पछिल्लो नौ भेटमा नाडालले दुई पटक मात्र जोकोभिचलाई नतिजा सुम्पिएका छन् ।

कीर्तिमानी २१औं पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।

नाडालसँगको हारपछि जोकोभिचको २१औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।

नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा अफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?