संसदमा बजेटमाथि सैद्धान्तिक छलफल आज पनि हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज बुधबार पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे तथा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अर्थमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची पनिछ।

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँ बजेट ल्याएको छ।

बजेटमाथि मंगलबार पनि सांसदहरुले आफ्नो धारणा राखेका छन् । मंगलबार सांसदहरुले बोल्ने क्रम नसकिएकोले त्यसलाई बुधबार पनि निरन्तरता दिइन लागेको हो ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल भइरहेको छ ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?