दुर्घटनामा ३ जनाको मृत्यु

Read Time = 2 mins

सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका–१२ मा गएराती बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–६ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ । धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु
चितवन । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् । मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् । नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?