बलिउड गायक केकेको निधनमा उजुरी दर्ता

Read Time = 2 mins

मुम्बई । बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ ९केके० को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ ।

प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर्ट आयोजकसँग सोधपुछको तयारी गरेको छ । केकेले कोलकाताको उल्टाडाँगामा रहेको गुरुदास महाविद्यालयको नजरुल मञ्चमा लाइभ कन्सर्ट गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार मञ्चमा उपस्थित हुँदादेखि नै केकेले अस्वस्थ अनुभव गरिरहेका थिए ।

उनी पाँच तारे होटलमा जानेक्रममा त्यहाँको सिँढीमा लगेका थिए । त्यसपछि उनलाई कोलकाताको एक निजी अस्पताल सीएमआरआईमा लगिएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

कन्सर्टको व्यवस्थापनमाथि अडिटोरियमा आवश्यकताभन्दा बढी भीड र अव्यवस्थित बनाएको आरोप लागेको छ । अडियटोरियमको क्षमता २५ सयदेयिख तीन हजारको भए पनि त्यहाँ दर्शकको उपस्थिति त्यो भन्दा बढी रहेको थियो । अडिटोरियममा टिकट नभई पासको माध्यमबाट प्रवेश दिइएको थियो ।

प्रहरीले अहिले होटलको सीसीटीवी फुटेजको अनुसन्धान गरिरहेको छ । केकेको कोलकाताको सुपर स्पेसलिटी अस्पतालमा एसएसकेएममा पोस्टमार्टम हुँदैछ । यसपछि मात्र उनको निधनको वास्तविक कारण खुल्नेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?