अध्यक्ष तिमिल्सिनाले भन्नुभयो: समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग हुन आवश्यक छ

Read Time = 2 mins

ललितपुर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समिक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पार्नु भयो ।

सामूदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ‘हरियो वन, नेपालकाे धन’ भन्ने नारा यथार्थपरक भएपनि यसको प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

अध्यक्ष तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल प्रयोग स्वरुप दोस्रो पटक स्थानीय तह निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै अव त्यसलाई बचाउँदै देश र जनताको हितका लागि आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन अति आवश्यक रहेको बताउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालमा वन, जंगल बढेपनि डढेलो र कटान गरेर विनास हुने गरेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?