अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड

Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहारका कुरा गरेका केही स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताउनु भएको छ। केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोलि स्वतन्त्रले सबै पालिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उहाँले बताउनु भयो। नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उहाँले यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धरानका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उहाँले बताउनु यभो। यही कारणले जनताले मत दिएको उहाँको दाबी छ । स्वतन्त्रको यो जितलाई हामीले ‘सबक‘का रुपमा लिनु पर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?