प्रतिनिधिसभामा बजेट माथिको छलफल जारी, बिहीबार बिहान ११ बजे फेरि हुने

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिनुभएको छ । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ ।

आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम गठित संसदीय सुनुवाई समितिका सभापतिबाहेक प्रतिनिधिसभातर्फका सदस्य हेरफेर गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरू अमृता थापा, खगराज अधिकारी, देवप्रसाद गुरुङ, निरु देवी पाल, पुष्पा भुसाल गौतम, भीमसेनदास प्रधान, विशाल भट्टराई, शिवकुमार मण्डल, सुरेन्द्रप्रसाद पाण्डे सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराउनुभयो ।

यस्तै संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २७ को उपनियम २ अनुसार गठित राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समतिका सभापतिबाहेक रहनेगरी समितिका सदस्य पनि हेरफेर गरिएको छ ।

सभामुख सापकोटाले सांसदहरू अनिलकुमार झा, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, देवप्रसाद तिमिल्सिना भीमबहादुर रावल, मातृकाप्रसाद यादव, रामवीर मानन्धर र लक्ष्मी परियारलाई सदनको सहमतिले हेरफेर गरिएको जानकारी गराउनुभयो । बैठक बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?