भिनिसियस जुनियरलाई युवा खेलाडी अवार्ड

Read Time = 1 min

लन्डन । ब्राजिली युवा विंगर भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिग २०२१-२२ सिजनको युवा खेलाडी घोषित हुनुभएको छ । फाइनलमा विजयी गोल गर्नुभएका भिनिसियसले यसपल्ट रियल म्याड्रिडलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिनुभएको थियो ।

उहाँलाई युइएफएको टेक्निकल प्यानलले २०२१/२२ को सिजनको युवा खेलाडी घोषित गरेको हो । २१ वर्षीय ब्राजिलियनले फाइनलमा लिभरपुललाई १-० ले हराउँदै रियललाई कीर्तिमानी १४औँ उपाधि जिताउनुभएको थियो । उहाँले यो सिजनको च्याम्पियन्स लिगका १३ खेलमा ४ गोल गर्नुभयो भने ६ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?