पेरिसिच टोटेनहममा अनुबन्ध

Read Time = 2 mins
A A- A+

लन्डन । क्रोएसिया तथा इन्टर मिलानका विंगर इभान पेरिसिच इंग्लिस क्लब टोटेनहममा अनुबन्धित हुनुभएको हो । प्रिमियर लिग क्लब टोटेनहमले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गरेको हो । पेरिसिचले टोटेनहमसँग दुई वर्षको सम्झौता गर्नुभएको छ ।

३३ वर्षीय पेरिसिच २०१५ मा उल्र्सवर्गबाट इन्टरमा अनुबन्धित हुनुभएको थियो । पेरिसिचले २०१९/२० को सिजन भने बायर्न म्युनिखबाट लोनमा खेल्नुभएको थियो ।

यस्तै फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज युवास्टार डिफेन्डर नुनो मेन्डिसलाई क्लबमा अनुबन्ध गरेको छ । पिएसजीले नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ३४ मिलियन पाउन्डमा चार वर्षका लागि अनुबन्ध गरेको हो । अब उहाँ २०२६ सम्म पिएसजीमा रहनुहुनेछ ।

पिएसजीका लागि नुनोले गत सिजन ३७ खेल खेल्नुभएको थियो । लिग वानको टिम अफ दी इयरमा परेको पिएसजीका चारमध्ये उहाँ एक हुनुहुन्छ । उहाँले पोर्चुगलका लागि १३ खेल खेल्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?