दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

Read Time = 1 min

सोल । दक्षिण कोरियामा बुधबार स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भएको छ । निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरू र स्थानीय परिषद् सदस्यहरू निर्वाचित हुनेछन् । सात सांसद पनि चयन हुनेछन् ।

स्थानीय समयानुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चलेको थियो । मतदानका लागि देशभरि १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरू निर्वाचित हुनेछन् भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनोट हुनेछन् ।

त्यसैगरी, नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गएको शुक्रबार र शनिबार पनि मतदान भएको थियो । एजेन्सी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?