कल्पनाको युरोपका दर्शक झुमाउने चाहना पूरा

Read Time = 4 mins

गोपिकृष्ण चापागाईं/हिटा
काठमाडौं । एकदशक अघिदेखि नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिए गायिका कल्पना काफ्लेलाई अन्य विभिन्न पाँच देशमा पुगिसके पनि युरोपका देशमा पुग्ने अवसर मिलेको थिएन । सांगीतिक यात्राकै लागि युरोपका विभिन्न देशमा पुगेर आफ्ना गीत त्यहाँ रहेका नेपाली दर्शकलाई सुनाउने चाहना पहिल्यैदेखि थियो । अन्ततः गायिका कल्पनाको त्यो चाहना पूरा भएको छ ।

गत अप्रिल १७ र १८ मा स्पेनमा पहिलो कार्यक्रम गरेसँगै कल्पनाको चाहना पूरा भएको हो । यस्तै कल्पनाले बेल्जियम, स्विजरल्याण्ड र नेदरल्याण्डमा आफ्नो प्रस्तुति दिएर फर्किएको बताउनुभएको छ । ‘म जति समय बसेँ त्यहाँ रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीको नेपाली गीतसंगीतप्रतिको मोहलाई राम्ररी बुझ्ने मौका पाएँ ।’ गायिका कल्पनाले हिमालय टाइम्ससँग भन्नुभयो । ‘नेपालबाहिर गएपछि नेपाली गीतसंगीतप्रतिको मोह झनै बढ्ने रहेछ ।’

गायिका कल्पना पर्वत समाज स्पेन र पर्वत समाज बेल्जियमको निमन्त्रणामा आफ्नो प्रस्तुति दिन पुग्नुभएको थियो । यस्तै कल्पनाले २८ अप्रिलमा भएको बेल्जियमको कार्यक्रम झुल्न नसक्ने बताउनुभयो । उहाँले नेपाल र विदेशमा हुने नेपाली आयोजककै कार्यक्रम पनि धेरै फरक पाएको बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘विदेशमा आयोजना हुने कार्यक्रममा नेपालमा भन्दा सीमित दर्शक आउनुहुन्छ । तर नेपाली गीतसंगीतलाई निकै माया गर्ने दर्शक आउनुहुन्छ जस्तो लाग्छ । किनकि परदेशमा काममा कति व्यस्त भइन्छ त्यो सबैलाई थाहा छ, त्यो काम छाडेर समय मिलाएर आउन गाह्रो छ ।’

गायिका कल्पनाले पर्वत समाज स्पेनको तेस्रो अधिवेशन तथा २०७९ सालको सुखद् उपलक्ष्यमा आयोजना भएको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा आफ्ना दर्जन बढी लोकप्रिय गीत सुनाउनुभयो । कल्पनाका गीतबाट सयौं दर्शक झुमेको आयोजकको भनाइ छ । स्पेनको कार्यक्रम ‘लनित सलोन पारा इभेन्टस्’मा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो ।

गायिका कल्पनाका ‘तामे गाग्री, जादु मन्तर, रुदारुँदै भिज्यो सिरानी, बारुले कम्मर, रातो डोली, रैछौनी गफी गफी, काँचो काँचो बेल’ लगायत गीत लोकप्रिय छन् । गायिका कल्पनाले आउँदो तीजपर्वका लागि गीत तयार गर्न लागेको जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?