सिएनआईद्वारा बजेटको स्वागत

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आर्थिक वर्ष २०७९/०८० को बजेटको स्वागत गरेको छ । बजेटमा सिएनआईका महत्वपूर्ण सुझाव समेट्दै सिएनआईले सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणासमेत गरिएको भन्दै बजेटको स्वागत गरेको हो ।

औद्योगीकरण र स्वदेशी उत्पादन अभिवृद्धिका लागि सिएनआईले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरिरहेको सन्दर्भमा बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९–०८९’ सञ्चालन गर्दै नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गर्ने घोषणालाई स्वागत गरेको छ ।

उत्पादन, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी औद्योगीकरण र कृषिलाई केन्द्रबिन्दुमा राखेर आएको बजेटले उत्साहित बनाएको सिएनआईले जनाएको छ ।

बजेटमार्फत् नेपाली अर्थतन्त्रको स्वरूप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनु सकारात्मक भन्दै उसले नेपालमा उत्पादित वस्तु उपभोग अभिवृद्धि भई स्वदेशी उद्योग विस्तारमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि बजेटको स्वागत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?