उद्यमशीलताका लागि चल धितोमा जोड

Read Time = 4 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी/विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम भएको छ । अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको घरेलु तथा साना उद्योगमा कर्जा विविधीकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरूको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको सो क्षेत्रको अति महत्वपूर्ण योगदान रहँदारहँदै पनि घरजग्गा धितो अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आएको छ ।

कार्यक्रममा आइएफसी÷विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस फायले भन्नुभयो, ‘अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारका रूपमा प्रयोग गर्ने गरिन्छ, हाल प्रचलित चल धितो सम्पत्तिले वित्तीय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच बढाउन मद्दत पुर्‍याउँछ ।’

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले भन्नुभयो, ‘चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ । उहाँले लघु, घरेलु, साना तथा मझौला उद्यम संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको बृहत् उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पत्तिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

आइएफसी/विश्व बैंकका विषय विज्ञले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यावसायिक उदाहरण प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?