जोन्टा क्लब अफ काठमाडौंको वार्षिक साधारणसभा

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । जोन्टा क्लब अफ काठमाडौंको नवौँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन भएको छ । जोन्टा क्लब विश्वका ६७ देशमा फैलिएको गैरनाफामूलक संस्था हो ।

नेपालमा विगत नौ वर्षदेखि स्वास्थ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल विवाह, मानव बेचबिखन, लैंगिक हिंसा र विभेदविरुद्ध विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष सीमा गोल्छाले आफ्नो दुईवर्षे कार्यकाल समापन भएको घोषणा गर्दै नवनिर्वाचित अध्यक्ष आभा शाहलाई कार्यभार हस्तान्तरण गर्नुभयो । नवनिर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा भाइस एरिया डाइरेक्टर मिरा ज्योती, भाइस प्रेसिडेन्ट कमलकेशरी तुलाधर, कोषाध्यक्ष मृदुला राजभण्डारी, तथा पूर्वअध्यक्ष र व्यवस्थापन समितिका सदस्यले जोन्टा क्लबका गतिविधिबारेमा जानकरी गराउनुभएको थियो । कार्यक्रममा छजना नवप्रवेशी पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, निशा केसी, सितु प्रधान, स्वस्तिका खनाल, निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?