ओपोद्वारा स्वास्थ्यसम्बन्धी नवीन प्रस्ताव आहृवान

Read Time = 2 mins

काठमाडौं । ओपो रिसर्च इन्स्टिच्युटले चार लाख ६० हजार डलरको कुल अनुदानमा समावेशी र स्वास्थ्यसम्बन्धी नवीन प्रस्तावका लागि आहृवान गरेको छ । ओपोले ओपो रिसर्च इन्स्टिच्युट इनोभेसन एक्सेलेटरको घोषणा गरेको छ ।

जसमार्फत् विश्वभरका प्रविधि व्यवसायी तथा उद्यमीलाई सशक्त तथा थप ऊर्जा प्रदान गरी सुदृढ जीवन तथा भविष्यका लागि नवीनतम सिर्जना तथा समाधान निस्कने कम्पनीको विश्वास छ ।

इनोभेसन एक्सेलेटरका लागि ओपो रिसर्च इन्स्टिच्युट माइक्रोसफ्ट फोर स्टार्टअपका रूपमा सहकार्य गर्नेछ । जुन कार्यक्रममार्फत् सबै प्रविधि व्यवसायीलाई अनिश्चितताका समयमा पनि मानवताले सामना गर्ने केही महत्वपूर्ण समस्या समाधान गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

भर्टुअस इनोभेसनका विषयवस्तुमा केन्द्रित ओपोले पहुँचयोग्य प्रविधि र डिजिटल हेल्थ गरी दुईवटा प्रस्ताव आहृवान गरेको हो । सहभागी टोली वा व्यक्तिद्वारा पेश गरिएका प्रस्ताव मूल्यांकनपछि १० वटासम्म प्रस्तावलाई प्रतिप्रस्ताव ४६ हजार डलरको अनुदान प्रदान गरिने कम्पनीले जनाएको छ । साथै लगानीका अवसर, प्राविधिक सहयोग, अनुसन्धान, व्यावसायिक साझेदारी र विश्वव्यापीरूपमा प्रस्तुतिका लागि थप अवसर प्रदान गरिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?