सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेत र बाजुराको भ्रमण गर्नुभएको छ । उहाँले सुर्खेत र बाजुराको अनौपचारिक भ्रमण गर्नुभएको हो । उहाँले नेपाली सेनाको हेलिकप्टरमार्फत भ्रमण गर्नुभएको हो ।
उहाँ मंगलबार सुर्खेत बस्नुभएको थियो भने बुधबार बडिमालिका जानुभएको थियो । राष्ट्रपति भण्डारीले बुधबार अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बुधबार धार्मिक आस्थाको धरोहर बडिमालिका माताको दर्शन गर्नुभएको हो ।
नेपाली सेनाको विशेष हेलिकप्टरमार्फत बुधबार बिहान बाजुरा सदरमुकाम मार्तडीमा ओर्लनुभएकी उहाँ मार्तडीस्थित नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा केही समय बिताएपछि हेलिकप्टरमार्फत नै बडिमालिका जानुभएको थियो ।
बडिमालिका आउने कार्यक्रमअनुसार बाजुरा पुगेर भण्डारीले बडिमालिकाको अवलोकन तथा दर्शन गरेर फर्कनुभएको बाजुरा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।
बडिमालिकालाई सुदूरपश्चिम र भारतको उत्तर प्रदेश क्षेत्रका अधिकांश भक्तजनहरूले प्रमुख आस्थाको धरोहरका रूपमा मान्ने गरेका छन् । बडिमालिकामा गंगादशहरा र जनै पूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गर्दछ । खप्तडमा जेठ महिनामा लाग्ने गंगादशहराभन्दा पहिला नै बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार राष्ट्रपति भण्डारीले बडिमालिका माताको पूजा गर्नुको साथै पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो ।
शक्तिपीठका रूपमा रहेको बडिमालिकाको भण्डारीले अवलोकन तथा पूजा गर्नुभएको हो । उहाँको औपचारिक कार्यक्रम केही नभएकाले बडिमालिकाको दर्शन गरेर राष्ट्रपति भण्डारी काठमाडौं फर्किनुभएको प्रजिअ अधिकारीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच