काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । उहाँले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटघाट गर्नुभएको हो । मेयरमा निर्वाचित भएकोमा साहलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिनुभएको थियो । महानगरपालिकाले गर्ने काममा साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।
मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले प्रधानमन्त्रीको भेटपछि बालेनको भनाइलाई उद्धृत गर्दै भन्नुभयो, ‘तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो ।’ यस्तै, काम पर्दा आफूलाई २४ घण्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गर्नुभएको थियो ।
मेयर साहले केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्नुभएको थियो । उहाँले दुवै नेताकोे भेटले आफूलाई थप ऊर्जावान् बनाएको बताउनुभएको छ । देउवा र ओलीसँग भेटेको फोटो राख्दै साहले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, ‘भेटघाटका क्रममा उहाँहरूले दिनुभएको प्रेरणाले हामीलाई थप ऊर्जावान् बनाएको छ ।’
काठमाडौंको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि छलफल गर्न, सुझाव समेट्न र सहकार्यका लागि पहल गर्न धेरैभन्दा धेरै व्यक्तित्वसँग भेटघाट गरिरहेको भन्दै बालेनले देउवा र ओलीसँगको भेट पनि सोही सिलसिलामा भएको प्रष्ट पानुभएको छ । उहाँले लेख्नुभएको छ, ‘हाम्रा लक्ष्यहरू विशाल र पवित्र छन् । आम मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत् सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ । राजनीतिक रूपमा हामीलाई यो अभियानमा केही सजिलो पनि छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच