उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छः डब्लूएचओ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ ।

१२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।

डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको छ ।’ विश्वबाटै एक्लिएको अधिनाकयबादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए ।

उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वारो भनिएको पनि डब्लूएचओले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?