प्रतिनिधि सभा बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् ।

यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?