व्रतको समायमा शारीरिक सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हिन्दू धर्म व्रत वस्नुलाई सामान्य रुपमा लिइन्छ । यो समयमा यो गर्न हुने यो नहुने विभिन्न नियम बनाइएको हुन्छ । यसै मध्ये एक हो सेक्स । व्रतको समयमा महिलाहरूलाई आफ्नो श्रीमान् सँग सम्बन्ध राख्नका लागि अनुमति दिइदैन । तर, यस्तो किन ? यस्तो के छ सेक्समा जो व्रतको समयमा नगर्न भनिन्छ । सेक्स यस्तो विषय हो जसका बारेमा मानिसको दिमागमा वास्तविकता भन्दा धेरै भर्म भरिएको हुन्छ । यहाँ हामी चर्चा गर्दै छौ कि व्रर्तको समयमा सेक्स गर्न हुन्छ कि हुँदैन भने ।

के छ त धार्मिक दृष्टिमा ?
हिन्दू धर्ममा व्रत शरीर र मनलाई शुद्ध राख्नका लागि गर्ने गरिन्छ । व्रतले मानिसलाई आत्म-नियन्त्रण र दृढ इच्छा-शक्तिको भावना दिन्छ । धार्मिक विश्वासका अनुसार केही ठाउँमा व्रर्तको समयमा शारीरिक सम्बन्ध बनाइ राख्नुलाई गलत मान्ने गरिन्छ । भनिन्छ कि सेक्स गर्नाले मानिसको ध्यान भटकिन्छ र उ पुरै मनबाटै व्रत बस्न सक्दैन । त्यसैले यो समयमा सेक्स गर्न हुँदैन भनिएको छ । तर, यसले तपाईंको स्वास्थ्यमा त्यस्तो केही खराबी भने गर्दैन । व्रतको समयमा सेक्स गर्ने या नगर्ने यो तपाईंको इच्छा र मान्यतामा निर्भर गर्दछ ।

व्रतको समयमा मानिस एक पल्ट मात्र खान खाने गर्दछन् । व्रत वस्नाले शरीरलाई कुनै नोक्सान नभएर फाइदा नै हुन्छ । हप्तामा एक दिन व्रत बस्नाले हाम्रो ब्लड शुगर कन्ट्रोलमा रहन्छ । यसको साथ साथै मुटु र दिमागलाई पनि स्वास्थ राख्न मद्दत गर्दछ । तर, पुरै दिन केही नखानाले हाम्रो शरीरमा ऊर्जाको स्तर भने घटने गर्दछ र हामी सुस्त महसूस गर्दछौ । यो पनि एक कारण हुन सक्नछ व्रतका समयमा सेक्स गर्न हुँदैन भनिएको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?