प्रदेश र संघीय निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ : नेपाल

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सुर्खेत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ ।

बिहीबार कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताउनुभएको हो ।

नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पार्नुभयो । अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उहाँले आफूलाई कुनै लालच नभएको प्रस्ट पार्नुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताउनुभयो । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?