औषधि किन्न गएका साहको शव इनारमा भेटियो, हत्या भएकाे श्रीमतीकाे दाबी

Read Time = 2 mins

सिरहा । सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका २ टुड्कियाका करिब ५० वर्षीय बिष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो ।

हिजो मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताउनु भयो । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएको थियो । खोज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताउनु भयो ।

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याको आशंका गरिएको प्रहरी निरीक्षक केसीले बताउनु भयो । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उहाँको भनाइ छ ।

शवलाई इनारबाहिर निकाली पोष्टमार्ट्मका लगि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भरहेको उहाँले जनाउनु भयो ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेको दाबी गर्नुभएको छ । उहाँले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताउनु भयो ।
साह एक महिना अधिमात्रै वैदेशिक रोजगारीबाट घर आएका थिए। गाउँको बाटो आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियो ।
मुकेश कुमार यादव/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?