धनगढी । सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने कार्यक्रम छ। प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।
बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिनुभयो ।
बिहीबार बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेस गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि थप छलफल भएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं