सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने

Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने कार्यक्रम छ। प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिनुभयो ।

बिहीबार बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेस गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि थप छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?