पल शाह धरौटीमा छुटेनन्

Read Time = 1 min

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले
कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौंटीमा छुटेका छन् । तर पल भने छु्टेनन् । जसका कारण उनका फ्यान फलोअर्स निरास बनेका छन् ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।

एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?