जुम्लाका कुन स्थानीय तहका लागि कति बजेट ?

Read Time = 2 mins

-विजय रावत
जुम्ला । जुम्लाका एक नगरपालिका सहित सात वटा गाउँपालिका गरी आठवटा स्थानीय तहमा बजेट बढेको छ । संघीय सरकारले आठ पालिकालाई आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । जसमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ ।

गोठिचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख बजेट प्राप्त गरेको छ । त्यसबाहेक तातोपानी गाउँपालिकालाई आगामी वर्षका लागि रु ३१ करोड ५ लाख, तिला गाउँपालिकाले रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ । जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड केन्द्रबाट समपूरक बजेट प्राप्त गरेको छ । त्यस्तै, सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख प्राप्त गरेको छ ।

यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ । जिल्ला आठवटा गाउँपालिकालाई केन्द्र सरकारले आगामी आर्थिक वर्षका लागि समपूरक बजेटअन्तर्गत विनियोजन गरिएको बजेट हो ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?