बुद्ध र आकारको जोडीलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोस्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेस्रो हुनुभयो ।

फरक क्षमता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी चारको मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुभेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोस्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेस्रो हुनुभयो ।

बीसी तीनको मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा बज्राचार्य र सुभला राईले कास्य जित्नुभयो ।

बीसी दुईको मिक्स टिममा रूपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोस्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेस्रो हुनुभयो । सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोस्रो बन्नुभयो ।
विजेतालाई राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । दुईदिने प्रतियोगितामा ५२ प्रतिस्पर्धी सहभागी थिए ।

यसअघि निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ पहिलो हुनुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो हुनुभएको छ । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो हुनुभयो । चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पार्नुभयो । सिर्जना सेञ्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो बन्नुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्वावधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला दुई सय मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हिरामाया घलेले कास्य जित्नुभयो ।

सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । पुरुष चार सय मिटर दौडमा पनि अजयले स्वर्ण जित्नुभयो । उर्गेन दोस्रो तथा अनिश खड्का तेस्रो बन्नुभयो । उक्त स्पर्धाको महिलामा हिरामायाले पहिलो स्थान हात पार्दै व्यक्तिगत दोहोरो स्वर्ण चुम्नुभयो । विनिता थापा दोस्रो तथा सविता देउला तेस्रो हुनुभयो ।

हिृवलचेयरको पुरुष एक सय मिटर दौडमा विराट भट्ट प्रथम, रिले तामाङ द्वितीय र होमनाथ राई तृतीय हुनुभयो । सो स्पर्धाको महिलामा नरकुमारी कार्की पहिलो, कुमारी मगर दोस्रो र ईश्वरी न्यौपाने तेस्रो हुनुभयो । हिृवलचेयरकै पुरुष ज्याभ्लिन थ्रोमा श्यामबहादुर रावलले स्वर्ण, रिले तामाङ दोस्रो तथा गिरिराज थापा तेस्रो हुनुभयो । त्यसै स्पर्धाको महिलामा विमला खनाल पहिलो, कुमारी मगर दोस्रो र मनमाया भण्डारी तेस्रो हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?