जोर्डनमाथि अस्ट्रेलियाको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 4 mins

दोहा । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जोर्डनमाथि दुई/एकको पुनरागमन जित हात पारेको छ । अस्ट्रेलियाको जितमा बेइली राइट र एवेर मविलले एक/एक गोल गर्नुभयो । यस्तै जोर्डनका मुसा अल तामारीले गोल फर्काउनुभयो ।

खेलको १७औँ मिनेटमा मुसा अल तामारीको गोलबाट जोर्डनले सुरुवाती अग्रता लियो । उहाँले अहमेद समिरको पासमा गोल गर्नुभएको थियो । ४०औँ मिनेटमा बेइली राइटले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभएको थियो । ६८औँ मिनेटमा एवेर मविलले गोल गर्दै अस्ट्रेलियालाई पुनरागमन जित दिलाउनुभयो ।

यस्तै अर्को मैत्रीपूर्ण खेलमा युक्रेनले युरोपेली विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा स्कटल्यान्डलाई तीन÷एकले पराजित गर्दै छनोट नजिक पुगेको हो । अब युक्रेनले फाइनल प्लेअफमा बेल्सको सामना गर्नेछ । यस खेलमा सफलता हात पार्ने विश्वकपमा छनोट हुनेछ । कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अब वेल्स र युक्रेन, अस्ट्रेलिया र युएईविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट तीन राष्ट्र छनोट हुन बाँकी छ ।

खेलमा युक्रेनको जितमा एन्ड्री यार्मलेन्को, रोमन यारेमचुक र अर्टिम डोभ्यकले गोल गर्नुभयो । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काउनुभयो ।

खेलको ३३औँ मिनेटमा एन्ड्री यार्माेलेन्कोले रुस्लान मालिनोभ्स्कीको पासमा गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाउनुभयो । ४९औँ मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पार्नुभयो । ७९औँ मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई दुई÷एकको अवस्थामा ल्याउनुभयो । त्यसपछि इन्जुरी समयको थप गरिएको पाँचौँ मिनेटमा अर्टिमले एलेक्सेन्डर जिनचेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाउनुभयो ।

युक्रेनसँगको हारसँगै स्कटल्यान्डको विश्वकप खेल्ने सपना समाप्त भएको छ । यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि आक्रमण गरेपछि खेल स्थगित गरिएको थियो । युक्रेन यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ ।

अब युक्रेनले फाइनल प्लेअफमा बेल्सको सामना गर्नेछ । यो खेल आइतबार राती कार्डिफमा हुनेछ । यस खेलमा सफलता हात पार्ने विश्वकपमा छनोट हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?