सिभिलको नायब सिइओमा रायमाझी

Read Time = 1 min

काठमाडौं । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त हुनुभएको छ । बैंकको प्रमुख कर्जा अधिकृतका रूपमा कार्यसम्पादन गर्दै आउनुभएका रायमाझीलाई गत सोमबार बसेको सञ्चालक समिति बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंकबाट बैंकिङ यात्रा सुरु गर्नुभएका रायमाझीसँग नेपाल राष्ट्र बैंकलगायत एनसिसी बैंक, मेगा बैंक र प्रभु बैंक गरी २१ वर्षको बैंकिङ अनुभव रहेको छ । उहाँ विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?