सेञ्चुरीलाई सिद्धार्थ हस्पिटालिटीमा छुट

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । उक्त हस्पिटालिटीका विभिन्न सेवासुविधामा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।

बैंकका डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका देशभरि सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बजार प्रबन्धक निर्पेश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?