एनएमबी र वैकल्पिक ऊर्जाबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । एनएमबी बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जाको प्रवद्र्धन सम्झौता भएको छ । एनएमबी बैंक र केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीच मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो ।

सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । जसबाट एनएमबी बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नका लागि सहयोग पुग्ने बैंकले जनाएको छ । एनएमबीले दिगो बैंकिङमार्फत् देशमा वास्तविक अर्थतन्त्र प्रवद्र्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?