एमालेलाई आफ्नै नेताबाट कसरी जोगाउने भन्ने चुनौती थपियो : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको टिप्पणी गर्नुभएको छ । जनसंगठन समन्वय संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरू पद जित्ने जस्तो अवस्था पनि देखिएको बताउनुभयो ।

ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो- ‘जनताले नेकपा एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’ पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिएको ओलीले बताउनुभयो । अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको ओलीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?