शिखर कृषि अवार्डको ब्राण्ड एम्बेसडरम रूपाखेती, केसी र हमाल

Read Time = 1 min

काठमाडौं । शिखर नेपालको आयोजनामा हुन गइरहेको तेस्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्बेसडरमा कलाकार दमन रूपाखेती, दिनेश केसी र गायिका राधिका हमाललाई नियुक्त गरिएको छ ।

उहाँहरूलाई अवार्ड आयोजक मूल समारोह समितिका अध्यक्ष शेखर खनालले प्रमाणपत्र र नगदसहित ब्राण्ड एम्बेसडरमा नियुक्त गर्नुभएको हो । अवार्ड समारोह आगामी असार ३ गते काठमाडौंमा एक विशेष समारोहबीच आयोजना हुँदैछ ।

अध्यक्ष खनाल नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘विकास र बहस’का निर्माता÷निर्देशक तथा प्रस्तोतासमेत हुनुहुन्छ । कृषि क्षेत्रमा आफ्ना कर्मठ र पौरखी हातहरू चलाएर व्यावसायिक रूपमै कृषि कर्ममा लागेकाहरूको सम्मानका लागि नेशनल शिखर कृषि अवार्ड गरिँदै आएको अध्यक्ष खनालले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?