न्यू जलपाइगुडीबाट बंगलादेशको राजधानी ढाकामा रेल सेवा सुरु

Read Time = 1 min

नयाँदिल्ली । पश्चिम बंगालको न्यू जलपाइगुडीबाट बंगलादेशको राजधानी ढाका रेलसेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुवात दुवै देशका अधिकारीले झण्डा फहराएर गरेका हुन् ।

पश्चिम बंगालको न्यू जलपाइगुडीबाट बंगलादेशको राजधानी ढाका पुग्ने मिताली एक्स्प्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उहाँका बंगलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ-आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गर्नुभएको हो ।

भारत–बंगलादेश रेलसेवाबाट जनता-जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् । मिताली एक्स्प्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?