प्रभासको ‘आदिपुरुष’मा पाँच सय करोडको लगानी

Read Time = 2 mins

एजेन्सी । साउथका सुपरस्टार प्रभासको नयाँ चलचित्र ‘आदिपुरुष’ आउनेक्रममा छन् । यो चलचित्रका लागि पाँच सय करोडको बजेट राखिएको भन्ने खबरले थप चर्चा पाएको छ । भारतीय सबैभन्दा महँगो चलचित्रमध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो चलचित्र हुनेछ । भूषणकुमार चलचित्रका निर्माता हुनुहुन्छ । भूषणकुमारले ‘आदिपुरुष’को बजेट पँच सय करोड रहेको बताउनुभएको हो । चलचित्रका निर्देशक ओम राउत हुनुहुन्छ ।

निर्देशक राउतले चलचित्रबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताउनुभयो । चलचित्र ‘रामायण’को रूपान्तरण हो । चलचित्रमा प्रभास भगवान श्रीरामको भूमिकामा देखिनुहुनेछ ।

चलचित्रमा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंहको पनि मुख्य भूमिका छ । चलचित्रमा कृति सेनन सीताको भूमिकामा हुनुहुन्छ ।

चलचित्र १२ जनवरी २०२३ मा विश्वभर २० हजारभन्दा बढी पर्दामा रिलिज गरिने बताइएको छ । यो भारतीय चलचित्रमा अहिलेसम्मको सबैभन्दा ठूलो विश्वव्यापी रिलिज हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?