घुस लिएको अभियोगमा अख्तियारद्वारा प्रधानाध्यापक र अध्यक्ष पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महोत्तरी जिल्ला श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानले ५० हजार घुस लिएको अभियोगमा अख्तियार दुरुयोग अनुसन्धान आयोगले दुवैजनालाई बिहीबार पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, दुवैजनाले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएको पाइएको छ ।

दुवैजनालाई महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२, टाउन प्लानिङस्थित मामाज किचन, फेमिली रेस्टुरेन्ट एण्ड गेस्ट हाउसबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?