अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

आज आर्थिक वर्ष २०७९र/८० को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदै हुनुहुन्छ ।

गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जुरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक पनि शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि १७, १८ र १९ गते संसदमा सांसदहरूले छलफल गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?