नेपालगञ्जको सौन्दर्यकरणमा अभियान्ताको चासो

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

नेपालगञ्ज । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज टिम नामक अभियान्ताहरूले नेपालगञ्जको सौन्दर्यकरणमा जोड दिएका छन् । हरियालीयुक्त र व्यवस्थित नेपालगञ्ज बनाउन विभिन्न सुझावसहित सहकार्य गर्न अभियान्ताहरूले नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त टिमका अभियान्ता विनोद कर्णले बुधबार सुर्खेत रोडको बीचमा रुख विरुवा काटिएको कुरामा पनि ध्यानाकार्षण गराएको बताउनुभयो । उहाँका अनुसार नेपालगञ्जको सौन्दर्यकरण यहाँको सम्पत्ति हो र त्यसको संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको छ ।

नेपालगञ्जको सरसफाइ, हरियाली र व्यवस्थित नेपालगञ्जको लागि उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको हो । सरसफाइ शीर्षकअन्तर्गत कुचिकारहरूलाई तीन चरणमा ड्युटीमा खटाउने, स्थानीय सरकारबाट सञ्चालन गर्ने, नगरको फोहोर उठाउन दिनमा कम्तीमा दुईपटक ट्याक्टर सञ्चालनमा ल्याउने, मुख्य नालाहरूमा महिनाको दुईपटक सरसफाइ र प्लाष्टिक मुक्त सहरका लागि ठोस काम गर्न माग गरिएको छ ।

यस्तै, आउँदो बजेटमा मुख्य सडक क्षेत्रमा वृक्षरोपण, बागेश्वरी मन्दिरको पूर्वक्षेत्रमा बालमैत्री पार्क निर्माण, सुर्खेत रोडमा निर्माण गरिएको ग्रीनबेल्ड रोडलाई छाडापशुबाट सुरक्षित राख्न, ताल तलैया र पोखरी संरक्षण गर्न आग्रह गरिएको छ । यसैगरी क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज टिमले व्यवस्थित नेपालगञ्ज बनाउन ई रिक्सा व्यवस्थापन, ठेला र साइकल व्यवस्थापन, विभिन्न चोकहरूमा सवारी निषेध, नगर शौचालय व्यवस्थापन गर्न माग गरेको छ ।

अभियान्ताहरूको ज्ञापन पत्र बुझ्दै नगरप्रमुख विष्टले तुरुन्तै माली र सम्बन्धित विभागका प्रमुख बोलाएर त्यसबारेमा जानकारी लिई निवर्तमान कार्यसमितिको पुरानै निर्देशन भए पनि अब उपरान्त त्यस्तो कार्य नगर्न निर्देशन दिनु भएको छ । विष्टले नगरको सौन्दर्यप्रति जिम्मेवार बन्न सम्बद्ध शाखा प्रमुख र कर्मचारीहरूलाई पनि निर्देशन दिनुभएको छ ।

सुर्खेत रोडको ग्रिनरी क्षेत्रमा लगाइएका फूलका विरुवा काँटछाँट गर्नेक्रममा केही फूलसमेत काटिएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगर प्रमुख विष्टले बुधबार वातावरण शाखा, सरसफाई शाखाका प्रमुख तथा सम्वद्ध कर्मचारी (माली)हरूलाई बोलाएर यस विषयमा जानकारी लिदै नगरको सौन्दर्यकरणमा इमान्दारीपूर्वक लान निर्देशन दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?