स्थानीय तहको निर्वाचन सकिएको छ । सरकारमा हाल पाँच दलको गठबन्धन छ । नेपाल कम्युनिष्ट पार्टीको सरकारमा आएको विग्रहपछि पार्टीबाट नेकपा माओवादी केन्द्र अलग भएको र नेकपा एमालेको एउटा पक्ष फुटेर नेकपा एमाले समाजवादी पार्टी दर्ता गरेपछि हाल सरकारमा ती पार्टीहरूको समेत संलग्नता छ । नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारमा हाल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले समाजवादी, जनता समाजवादी र संयुक्त जनमोर्चा नेपाल रहेका छन् । सरकारमा सहकर्मी यी पार्टीहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर उम्मेदवार खडा गरेका थिए । गठबन्धनका यी पार्टीहरूले आशातीत सफलता हात पारे । जसको अवस्था र स्थिति जस्तो थियो सोही अनुसारको परिणाम प्राप्त भएको छ, यसमा ती पार्टी खुशी पनि छन् ।
यसबाट गठबन्धन गरेर जाँदा अपेक्षित सफलता हात पार्न सकिने रहेछ भन्ने बोध गठबन्धनमा रहेका पार्टीहरूलाई भएको छ । उनीहरू आगामी प्रदेश तथा संघीय संसदको निर्वाचनमा तालमेल गरेरै जाने योजनामा रहेकाले सोही अनुसार तयारी गरिरहेका छन् । अबको पाँच महिनापछि संसदीय निर्वाचन हुनेछ । निर्वाचन आयोगले सोहीबमोजिम आफू तयारीमा रहेको जनाएको छ र पार्टीहरूसमेत सोही अनुसार तयारीमा लागेका छन् । सत्ता गठबन्धन कायम राखेरै निर्वाचनमा जाँदा अपेक्षित सफलता प्राप्त भएका कारण यस गठबन्धनलाई कायम राखेरै जाने उनीहरूको तयारी छ । सबैको लक्ष नेकपा एमालेलाई पाखा लगाउनु रहेका कारण यस पटक सोचेजस्तो परिणाम आएका हो ।
त्यसैले दलहरू उत्साहित भएका र अब पनि यसैगरी एमालेलाई भित्तासम्म पु¥याउने योजना उनीहरूमा रहेको पाइएको छ । अर्कातिर नेकपा एमाले पनि प्रतिरक्षात्मक योजना बनाएरै अगाडि बढ्छ भन्ने कुरा स्वतः सिद्ध छ । आपूmविरुद्ध पाँच दल गठबन्धन गरेर अगाडि बढिरहेको हुनाले त्यसै बमोजिमको तयारी गर्नुपर्छ भन्ने कुरा एमालेलाई पनि थाहा नहुने कुरै हुँदैन । एमालेको संगठन मजबुत छ र संगठन गर्ने शैली राम्रो छ । स्थानीय तहको गत निर्वाचनमा देखिएको छ । एमाले पराजित भएका स्थानमा उसको राम्रै उपस्थिति रहृयो । यसबाट अरू दलले उसलाई पाखा लगाउने हो भने त्यही बमोजिमको तयारी आजैदेखि गर्नुपर्ने हुन्छ ।
एमाले वृद्धभत्ता आफ्नो ब्राण्ड हो भनिरहेको छ । त्यसलाई होइन भन्ने आधार अरू दलसँग पनि छैन । ज्येष्ठ नागरिकले आपूmलाई भत्ता दिने पार्टीका रूपमा नेकपा एमालेलाई सम्झिने गरेका छन् । त्यसैले संसदीय निर्वाचनका लागि दह्रो संगठन गर्ने बेला यही हो । अझै भन्ने हो भने नेपाली कांग्रेस पार्टी त पहिलेदेखि नै भन्दै आएजस्तो मासबेस पार्टी नै हो । यस पार्टीका क्रियाशील सदस्य पनि प्रतिबद्धताका साथ पार्टीमा खट्ने गरेको पाइँदैन । घाम, पानी, हावा, हुरी, धुलो, धुवाँ जस्ता प्रतिकूलतासँग जुध्नसक्ने सामथ्र्य उनीहरूमा देखिँदैन । जनमत भनेको जनताको भावनाको प्रतिबिम्बन हो । जसले जुन विचार लिएको हुन्छ त्यहीबमोजिम मत जाहेर गर्छ ।
त्यसैले निर्वाचनमा पनि आफ्नो सिद्धान्तको अभिव्यक्ति स्वतः नै गरिहाल्छन् भन्ने भावना नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्तामा पाइन्छ भने नेकपा एमालेको भने त्यसरी होइन कब्जाको शैलीमा कार्यकर्ता र मतदाताहरूको मत आफ्नो पक्षमा पार्ने नीति रहेको हुन्छ । त्यसको प्रतिकार गर्न असजिलो हुने गरेको देखिएकै छ । निर्वाचनका बेला ज्येष्ठ नागरिकको मत खसाल्न लैजाने क्रममा अन्य विचारधाराका उनीहरूलाई समेत तानेर लगेर आफ्नो पार्टीको चिहृनमा छाप लगाइदिने गरेको देखिन आयो । यस्ता कार्यमा सामान्य महिलाहरूको समेत सक्रियता एमालेमा रहेको देखियो । त्यसैले गठबन्धनमा रहेका पार्टीहरूले अहिलेदेखि नै अभियानका साथ लाग्नुको विकल्प छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच