पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँ, जहाँ सस्तो पाइन्छ त्यहीबाट ल्याउँ: भीम रावल

Read Time = 1 min

काठमाडौं । नेकपा एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताउनु भएको हो ।

‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट कच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘तत्कालै खृुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै सांसद रावलले अनावश्यक बाह्य मूल्यका चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?