सरकार यसरी नै रमिते बने देश दुईचार महिनामै श्रीलंकाको हालतमा पुग्छ : गोकुल बाँस्कोटा

Read Time = 2 mins

काठमाडौं । एमाले सांसद गोकुल बाँस्कोटाले सरकार यसरी नै रमिते बने देश दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने बताउनु भएको छ ।
साथै उहाँले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाउनु भयो ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले सरकार व्यवस्थापक, निमयनकारी बन्न नसकेर रमिते बनेको आरोप लगाउनु भएको हो ।

सरकार व्यवस्थापक पनि होइन, नियमनकर्ता पनि होइन, व्यापारी पनि होइन, सरकार रमिते,’ उहाँले भन्नुभयो, सरकारलाई थाहा थिएन, रुस–युक्रेन युद्ध भएको कुरा भरखर थाहा पायो ? सरकारले यो थाहा पाएन कि अमेरिकाले ४५ अर्ब डलरको तेल रुससितै किनेको भन्ने कुरा थाहा पाएन ।’

कर्णालीमा पेट्रोलियम पदार्थ उत्खनन् गर्ने विषय नीति तथा कार्यक्रममा नपरेको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाद्यान्नमा सबैभन्दा बढी डलर विदेशिएने भएकाले दुई चार महिनामै श्रीलंकाको हालतमा पुग्ने चेतावनी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?